About Us

सगरमाथा होलिस्टिक हर्ब्स प्रा. लि. पूर्व मेचीदेखि पश्चिम महाकाली, माथि हिमालयदेखि तराईसम्मका सबै स्वास्थ्य प्रेमीहरूलाई समेटेर स्थापना भएको एक कम्पनी हो । स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण मानव जातिको सर्वोत्तम स्वास्थ्यका बारेमा बताउने र प्रकृतिले दिएको अमूल्य जडीबुटी तत्त्वले हाम्रो जीवन रक्षा गर्न सक्छ भन्ने जनचेतना फैलाउने ध्येयका साथ यो कम्पनी स्थापना भएको छ । प्रकृतिले दिएका जडीबुटीजन्य आहारपूरक खाद्यलाई जस्तैको तस्तै प्रशोधन कम्पनीको दायित्व रहेको छ । देशभरका र विदेशमा रहेका उत्सुक र विज्ञ नेपाली दाजुभाई दिदीबहिनीलाई एकै थलोमा समावेश गरी दिगो स्वास्थ्य र सर्वोत्तम विकासमा सहभागी गराउँदै आउनेछ । आगामी दिनमा समय समयमा प्रशिक्षण हुने रहेको प्रस्तुत गर्नुपर्नेछ । संघीय राज्य तथा प्रदेश नं. ३ मा मुख्य कार्यालय रहेको यस सगरमाथा होलिस्टिक हर्ब्स प्रा. लि. ले स्वदेश तथा विश्वभर नै आफ्नो सेवा विस्तार गर्ने लक्ष्य लिएको छ । प्रकृतिले दिएका जडीबुटी तथा बोटबिरुवाबाट तयार पारिने स्वास्थ्यवर्धक, आहारपूरक खाद्य, पेय (चिया, कफी) र कस्मेटिक सामग्रीको उत्पादन तथा बिक्रीवितरण गर्नु यस कम्पनीको कार्य रहेको छ । स्वदेशी चीजवस्तुको प्रवर्धन गर्नु र रोजगारीको सिर्जना गर्नु यस कम्पनीको ध्येय रहेको छ । सर्वसुलभ रूपमा सबै समक्ष आफ्ना उत्पादन पुर्‍याउने अठोट सगरमाथा होलिस्टिक हर्ब्स प्रा. लि. ले राख्दछ ।